संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-4112678

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

फागुन ६, ०७७
काठमाडौँ

Hand Typewriter Providing

प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ‘Traveller de Luxe S OLYMPIA’ कम्पनीको ‘DANIDA–NPI/RMRC- BRT, TYPEWRTER 2’ इन्स्टिच्यूटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र तालिम संयोजक कपिल काफ्लेले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र सदस्य दीपक पाण्डेसमक्ष प्रदान गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको समेत उपस्थिति रहेको उक्त अवसरमा का.वा. अध्यक्ष बुढाथोकीले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री प्रदान गरेर सहयोग गरेकोमा नेपाल प्रेस इन्स्टिच्यूटलाई धन्यवाद दिनुभयो । यसअघि काउन्सिलले सूचना जारी गरी सम्बन्धित पक्षलाई प्रेससम्बन्धी सामग्री उपलब्ध गराउन आव्हान गरिसकेको छ । नेपाली पत्रकारिता र सञ्चारको इतिहासलाई जीवन्त राख्न सघाउ पुर्याउने उद्देश्यले काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापना प्रक्रिया अघि बढाएपछि पत्रकारिता र सञ्चारसँग सम्बन्धित सामग्री सङ्कलन हुनेक्रम जारी छ ।

Hand Typewriter

प्रतिक्रिया :